९ कार्तिक २०८३, सोमबार

बाँकेमा थप पाँच कोरोना संक्रमितको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १ जेठ । बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– १ बर्दिया निवासी ३४ वर्षीया गर्भवतीको शनिबार बिहान मृत्यु भएको छ ।

भेरी अस्पतालमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका ४ सल्यान निवासी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

कोहलपुरस्थित शिक्षण अस्पतालमा कोहलपुर नगरपालिका– ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१० बर्दिया निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।