१४ कार्तिक २०८३, शनिबार

चिकित्सकको सिफारिसबिना घरमा वा संस्थामा अक्सिजन नराख्न अनुरोध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा अक्सिजन नराख्न अनुरोध गरेको छ ।

शुक्रबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक सूचना जारी गर्दै मन्त्रालयले चिकित्सकको सिफारिसबाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न अनुरोध गरेको हो ।

कोभिड–१९ का बिरामीको उपचारका लागि अक्सिजनको भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्रालयले यदी घरमा वा संस्थामा सिलिण्डर भए नजिकैको अस्पताल वा प्रशासनमा बुझाउन समेत मन्त्रात्रलयले अनुरोध गरेको छ ।