५ मंसिर २०८३, शनिबार

माओवादी केन्द्रले अबदेखि अरुको बिरोधमा समय खेर नफाल्ने

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब माओवादीले अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै श्रेष्ठले एमालेलाई बधाइ पनि दिएका छन्। आफूहरूको पार्टीले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्न नहुने पनि उनले बताएका छन् ।

‘एमालेका कमरेडहरूलाई बधाइ तथा शुभकामना’, उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा माओवादी केन्द्र अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन । पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्छ ।’

उनले गुटभन्दा माथि उठ्नुपर्ने पनि बताए । उनले तत्काल भने कोरोनाको रोकथाम तथा नियन्त्रणमा पार्टी लाग्नुपर्ने उल्लेख गरेका छन् ।

पछिल्लोसमय एमालेभित्रका विवाद समाधानतर्फ गएपछि नेता नेपाल पक्षले वैकल्पिक सरकार गठन प्रक्रियामा सहयोग नगरेको आरोप माओवादीका केही नेताहरूले राख्दै आएका छन् ।