५ मंसिर २०८३, शनिबार

जनतालाई अक्सिजन छैन, सांसदहरूले कोरोनाविरुद्धको खोप लगाउँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई शुक्रबारदेखि कोरोनाभाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउने भएको छ ।

सचिवालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ ।

कोरोनाविरुद्धको खोप जनताले पाउन नसकेको बेला सांसदहरूले शुक्रबार खोप लगाउन लागेका छन् । सर्वसाधारण जनता अक्सिजन नपाएर अस्पताल बाहिर मर्नुपर्ने अवस्था छ ।