२ कार्तिक २०८३, सोमबार

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभपुरपुलसँग म्यानचेस्टर युनाइटेड पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३१ वैशाख । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभपुरपुलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।

बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ४–२ गोल अन्तरले पराजित भएको हो । कडा सुरक्षाकाबीच खेल भएको थियो ।

यसअघि म्यानचेस्टर युनाइटेडका समर्थकले लिभरपुलविरुद्ध मैदानभित्र नै पसेर क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेपछि खेल स्थगित भएको थियो ।

जितपछि पाँचौ स्थानमा रहेको लिभरपुलको ६० अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३६ खेलबाट ७० अंक छ ।

शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८० अंक छ । प्रिमियर लिगको उपाधि सिटीले सुनिश्चित गरिसकेको छ ।

अर्को खेलमा एस्टोन भिल्ला र इभर्टनले गोलरहित बराबरी खेलेका छन् ।