१४ कार्तिक २०८३, शनिबार

आन्तरिक उडान अर्को सूचना नआएसम्मका लागि बन्द

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

कोरोनाभाइरस संक्रमणको महामारीका कारण उडान बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाएका छन् ।

तर प्राधिकरणले आन्तरिक रुटमा भने आपत्कालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थितिअनुसार अनुमति दिइने जनाएको छ ।