१४ कार्तिक २०८३, शनिबार

ओली प्रधानमन्त्रीसहित नेपाल पक्षका पनि मन्त्री बन्दै

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।

राष्ट्रपति निवास शितलनिवासमा सपथका लागि तयारी सुरु गरिएको बताइएको छ ।

स्रोतका अनुसार अब केही समयमा नै सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

एमाले फुटाएर सरकार गठन गर्न लागेका काँग्रेस र माओवादीले नयाँ सरकारको नेतृत्व दावी गर्न नसकेपछि ओली नै प्रधानमन्त्री बन्न लागेका हुन् ।

स्रोतका अनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ४ जना पनि मन्त्री बन्ने बताइएको छ ।

यद्यपि ओलीले एक महिनाभित्र बहुमत सिद्ध गर्नुपर्ने हुनेछ ।