१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा थप ३५ सय ६२ जनामा कोराना पुष्टि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ३ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा २७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जनामा संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा थप ८ हजार ९६० जनालाई संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना रहेको छ ।

२४ घण्टामा थप २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ४६६ जना पुगेको मन्त्रालयले जनाएको छ ।