
काठमाडौँ, ३० वैशाख । नेकपा एमालेको विवाद समाधान उन्मुख भएको छ ।
बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलपछि पार्टीको समस्या समाधानको बाटो तर्फ अघि बढेको बताइएको छ ।
चपली हाइटमा करिब ४ घण्टा भेटवार्ता गरेका उनीहरुले पार्टीलाई एक बनाएर लैजानुपर्नेमा दृढ रहेको बताएका छन् । वार्तापछि नेता नेपालले प्रतिक्रिया दिँदै आफ्नो पक्षका सांसदको राजीनामा टरेको बताएका छन् ।
अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् ।
‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालले भने ।
नेता नेपालले एमालेको विवाद समाधान तर्फ अघि बढेको पनि बताए ।












प्रतिक्रिया