काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।
एमालेको स्थायी कमिटीको बैठक बिहान ९ बजे बालुवाटारमा बस्नेछ । बैठकमा नयाँ सरकारमा दाबी गर्ने विषयमा पनि छलफल हुनेछ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले सामूहिक राजीनामा दिने चर्चा चलेका बेला एमालेको स्थायी कमिटीको बैठक बस्न लागेको छ ।
नेपाल समूहलाई फकाउन अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलले प्रयासहरू गरिरहेका छन् । नेपाल समूहभित्रका सांसदलाई फकाएर एमालेमा ल्याउने प्रयासहरू भइरहेका छन् ।
राष्ट्रपतिद्वारा सरकारमा दाबी गर्न आजको समय दिइएको छ । समयभित्र बहुमत दाबी गरेर राष्ट्रपति कार्यालयमा पत्र दर्ता गर्नुपर्छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस