२ कार्तिक २०८३, सोमबार

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडसँग रियल सोसिडाड पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० वैशाख । स्पेनिस ला लिगा फुटबल अन्तर्गतको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड विजयी भएको छ ।

बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलले हरायो । जितसँगै एट्लेटिकोको ८० अंक भएको छ र दोस्रो स्थानमा बार्सिलोना भन्दा ४ अंकले अघि छ । मंगलबारको जितले एट्लेटिको उपाधि नजिकै पुगेको छ ।

अब २ खेल जितेमा एट्लेटिको च्याम्पियन हुनेछ । एट्लेटिकोले सन् २०१४ यता उपाधि जितेको छैन् । उपाधि होड रोमाञ्चक भइरहेको ला लिगामा ७५ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा रहेको छ ।

इङ्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोलले हराएको छ । आर्सनलको लागि स्मिथ रोवले गोल गरे । आर्सनल ५५ अंकका साथ आठौँ स्थानमा छ, चेल्सी ६४ अंकसहित चौथो स्थानमा छ ।