१४ कार्तिक २०८३, शनिबार

हुण्डी कारोबारमा संलग्न ४ जना ८२ लाख ५० हजार रुपैयाँसहित पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, २९ वैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख ५० हजार रुपैयाँसहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्ने भारत विहार मोतिहारी रक्सौल–१८ ठेगाना भएका २७ वर्षीय विकास कुमार, भारत विहार मोतिहारी रक्सौल–९ ठेगाना भएका २२ वर्षीय गुड्डु कुमार, भारत विहार मोतिहारी ठेगाना भएका १८ वर्षीय किशोर र बारा महागढी नगरपालिका–४ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।

विकास कुमारसमेतका व्यक्तिहरूले हुण्डी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बारा घर भएका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँसहित फेला पारी पक्राउ गरेको थियो ।

अनुसन्धान गर्नेक्रममा विकासको डेरा तलासी गर्दा दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइ राखेको ५७ लाख ५० हजार रुपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट ना.८ प ४८९७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।