१४ कार्तिक २०८३, शनिबार

एकै घरका दिदीबहिनी सगरमाथा चुचुरामा, सरकारद्वारा बधाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् ।

दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका निमाजाङ्बु (३० वर्ष), छिरिङनाम्गे (२६ वर्ष) र दावाफुटी शेर्पा (२४ वर्ष) आज बिहान सर्वोच्च शिखरमा पुग्न सफल भएका थिए ।

“एकै परिवारका तीन छोरी सगरमाथाको चुचुरामा पुग्न सफल भएका छन्, मलाई असाध्यै खुशी लागेको छ, म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु” मन्त्री गुरुङले भने, “तीन वर्षभित्र सातवटै महादेशका हिमाल चढेर विश्व रेकर्ड कायम राख्ने उहाँहरुको योजना पूरा होस् ।”

सगरमाथा आरोहणका लागि काठमाडौंँबाट जाने क्रममा यही वैशाख २ गते राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सरकारका प्रवक्ता गुरुङले उनीहरुलाई शुभकामना दिएका थिए ।

आजै सोही गाउँका पेम्बादोर्जे शेर्पाले बिहान ७ बजे २१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ड्रिमर्स डेष्टिनेशन ट्रेक एण्ड एक्सपिडिशनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाऔँ’ भन्ने सन्देशका साथ सगरमाथा चढेका हुन् । –रासस