१४ कार्तिक २०८३, शनिबार

गण्डकीमा जनमोर्चाका दुई सांसद तटस्थ, फेरि गुरुङ नै मुख्यमन्त्री बन्ने अवस्था

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २९ वैशाख । गण्डकी प्रदेशमा पुनः पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।

राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नहुने भन्दै वक्तव्य निकालेपछि नयाँ सरकार निर्माण नयाँ मोडमा पुगेको हो ।

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । त्यसको केहीबेरमै राष्ट्रिय जनमोर्चाका ३ मध्ये २ सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको भनी विज्ञप्ति निकालेका छन् ।

उनीहरुले विज्ञप्तिमार्फत आफूहरु नयाँ सरकार निर्माणमा तटस्थ रहेको जनाएका छन् ।

काँग्रेसका सांसद पोखरेलले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीको दावी पेश गरेका थिए । यद्यपि उनको बहुमतबारे प्रदेश सभा सचिवालयले अध्ययन गरिरहेको जनाएको छ ।

जनमोर्चाका २ जना सांसदहरुले तटस्थ बस्ने भनेपछि बहुमत नपुग्ने देखिएको छ । यदि त्यसो भए केहीबेरमै अर्को प्रक्रिया अघि बढ्ने सचिवालयले जनाएको छ ।

संविधानको धारा १६८(२) अनुसार कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पुर्याउन नसकेमा धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

यदि सांसद पोखरेलको दावी नपुगेमा मुख्यमन्त्रीमा ठूलो दलको हैसियतमा हालका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नै सपथ लिने अवस्था आउने बुझिएको छ ।