१४ कार्तिक २०८३, शनिबार

थप ४ हजार ४४४ जनाले जिते कोरोना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् ।

गत २४ घण्टामा थप ४ हजार ४४४ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित निको हुनेको संख्या ३ लाख १६ हजार ४६३ जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ३६२ जना र एन्टिजेन विधिबाट ४२४ जनाको परीक्षण गर्दा क्रमशः पीसीआरमा ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ जना रहेको छ ।

२४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।