वीरगञ्ज, २९ वैशाख । वीरगञ्जमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये पर्साका ५ जना र बाराका ३ जना छन् । नारायणी अस्पतालमा ५ जना र नेशनल मेडिकल कलेजले बाबा होटेलमा सञ्चालन गरेको कोरोना अस्पतालमा २ जना र नारायणी बयोधा अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
सोमबार मात्रै वीरगञ्जमा १० जना संक्रमितको मृत्यु भएको थियो । वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहरमा मृतकको संख्या एकदमै बढी देखिएको छ ।
वीरगञ्जमा उपचारको क्रममा १ सय ११ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जसमध्ये ५८ जना जिल्ला बाहिरका छन् ।
नारायणी अस्पतालमा मात्रै बाराको २ र पर्साको ३ जना गरी ५ जनाको मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।











प्रतिक्रिया