५ मंसिर २०८३, शनिबार

काठमाडौंमा चक्कु प्रहार गरेर युवतीसँग लुटपाट

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरी लुटपाट भएको छ ।

बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गानजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी लुटपाट भएको हो । लुटेराले नगद १ लाख ४ हजार ९ सय ४० रूपैयाँ लुटपाट गरेर लगेको थियो ।

लुटपाटमा संलग्नताको आशंकामा प्रहरीले कञ्चनपुरको भाँसी घर भई काठमाडौं भंगाल बस्ने ३६ युवकलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।