काठमाडौं, २२ चैत । सरकारले माओवादी सेनाका लडाकुले प्रयोग गरेका सात मुख्य र २१ सहायक शिविर सामाजिक काममा प्रयोग गर्ने गरी तयारी थालेको छ ।
माओवादीका पूर्व लडाकुले प्रयोग गरेकामध्ये १२ शिविर हाल नेपाली सेनालाई जिम्मा दिइएको छ भने तीनवटामा सशस्त्र प्रहरी बल रहेको छ । बाँकी अन्य शिविर प्रयोगबिहीन भएका छन् ।
शान्ति तथा पुननिर्माण मन्त्रालयले ती शिविर स्थानीय विद्यालय, अस्पताल वा क्लबलाई सामाजिक कामका लागि प्रयोग गर्न दिन सकिने बताएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
शिविरमा राज्यकोषबाट ठूलो लगानी भएकाले तिनको संरक्षण गर्नु जरुरी भएको मन्त्रालयको भनाई छ ।















प्रतिक्रिया