१४ कार्तिक २०८३, शनिबार

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । सरकारले जेठ १७ गते (मे ३१) सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो ।

यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।

प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।