२९ आश्विन २०८३, बिहिबार

काठमाडौं-बंगलादेश सीधा बस सेवा सञ्चालन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busकाठमाडौं, २२ चैत । काठमाडौं र बंगलादेशको सहर ढाकाबीच सीधा बस सेवा सञ्चालनका लागि सरकारले कुटनीतिक पहल थालेको छ ।

नेपाल-बंगलादेशका वाणिज्य सहसचिव स्तरीय प्राविधिक समितिको बैठकमा यसलाई मुख्य एजेन्डाको रुपमा राखिएको छ ।

हालै भारतको नयाँ दिल्ली सीधा बस सेवा सूचारु भएपनि अन्य देशसँगके यो पहिलो प्रयास हो । समितिको बैठक दुई सातापछि राजधानीमा बस्दैछ ।

बैठकले कसरी सेवा सूचारु गर्ने भन्ने विषयमा अध्ययन सहितको प्रतिवेदन प्रस्तुत गरिनेछ ।

प्रतिवेदनमाथि छलफल भएर बस सेवा सूचारु गर्न दुई देशका अधिकारीबीच सहमति हुनेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।