काठमाडौँ, २२ चैत । कसैले बियर लिएका थिए त कोहीले ह्विस्की, कसैले कोल्ड ड्रिङस लिएर भोजमा मस्त थिए । तर सबैको आश थियो भान्जाको भोजमा पूर्वयुवराज पारसको आगमन हुन्छ भन्ने । तर सबै नातेदार आउँदा उनी नआएपछि आफन्तहरुलाई त खल्लो लाग्ने नै भयो ।
नेपाल समाचारपत्र दैनिकमा समाचार छ- परिवारलाई पनि नमज्जा भएको आभास देखिन्थ्यो त्यहाँ । भान्जा पार्थक सिंहको व्रतबन्ध भोजमा पूर्वराजा, ज्ञानेन्द्र, पूर्वरानी कोमल, पारसपत्नी हिमानी, तीन छोराछोरी लगायत सबै आफन्तको उपस्थिति हुदाँसम्म पारस उपस्थित भएनन् ।
















प्रतिक्रिया