१ कार्तिक २०८३, आइतबार

पारसलाई नभेटी किन भारत जाँदैछिन् हिमानी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himani-saha

काठमाडौं, २२ चैत । पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली जाने भएकी छन् । पूर्वयुवारज पारस शाह काठमाडौं आएको तीन दिनपछि उनी दिल्ली जान लागेकी हुन् । १९ चैतमा थाइल्यान्डबाट फर्केका पारससँग हिमानीले भेट गरेकी छैनन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता दिल्ली जाने कार्यक्रम छ । उनको भ्रमणको चाँजोपाँजो मिलाउन हिमानी दिल्ली जान लागेको निर्मलनिवास स्रोतले जनाएको छ । दिल्लीमा यसपटक पूर्वरानी कोमल शाहको उपचारका लागि पूर्वराजपरिवारले केही समय खर्चिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिना पनि हिमानीका साथमा आइतबारै नयाँदिल्ली जाने कार्यक्रम छ । यसै साता पूर्वराजा पनि दिल्ली जानुहुन्छ,त्यसको चाँजोपाँजो मिलाउन पूर्वयुवराज्ञी दिल्ली जान लाग्नुभएको हो,’ निर्मलनिवास स्रोतले भन्यो ।