ललितपुर, २६ वैशाख । ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमानसिंह मेमोरियल अस्तालमा अक्सिजन अभाव भएको छ ।
अस्पतालले विज्ञप्ति निकालेर कोरोनाका बिरामीको लागि अक्सिजन अभाव भएको र भर्ना भएका बिरामीलाई अरु अस्पतालमा सार्ने प्रयास भइरहेको जानकारी दिएको छ ।
नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था पनि नरहेको विज्ञप्तिमा उल्लेख छ । चुनौतीपूर्ण अवस्थामा अक्सिजन उपलब्ध गराएर सहयोग गरिदिन गणेशमानसिंह मेमोरियल अस्पतालले अनुरोध गरेको छ ।











प्रतिक्रिया