९ कार्तिक २०८३, सोमबार

एमाले नेता एवम् वडाध्यक्ष विकको कोरोनाबाट मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २६ वैशाख । बाजुरा जिल्लामा कोरोनाभाइरसको संक्रमणबाट संक्रमित वडाध्यक्षको मृत्यु भएको छ ।

बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

उनको अछामको साफेबगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेयर बडुवालले जानकारी दिए । एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका विक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए ।