नुवाकोट । सुख्खा मौसम र पानीको मात्रा कम भएको बहानामा प्राधिकरणको अघोषित लोडसेडिङबाट नुवाकोटका सर्वसाधारण मर्कामा छन् ।
प्राधिकरणले विस्तार गरेको राष्ट्रिय प्रसारणको बिजुली नुवाकोटमा लोडसेडिङ नगरिए पनि लोडसेडिङभन्दा चर्को मार खेप्न बाध्य छन् । प्राधिकरणको लापरबाही त छँदै छ, अब नेपाल टेलिकमले पनि टेलिफोनमा लोडसेडिङ गर्न थालेपछि भने ग्राहकहरु थप मारमा परेका नेपाल समाचारपत्रमा खबर छ ।
डेढ महिनादेखि टेलिकमले सदरमुकाम विदुरमा वितरण गरेको ल्यान्डलाइन टेलिफोनमा समस्या देखिएपछि उपभोक्तामा टेलिकमको लोडसेडिङको अर्को मार थपिएको छ ।
नुवाकोटमा एक महिनाअघि ल्यान्डलाइन फोनमा समस्या आए पनि टेलिकमले मर्मतमा कुनै चासो नदेखाएपछि उपभोक्ताहरुले गुनासो गरेका छन् । छिनमै आउने र छिनमै काटिने गरेकाले सर्वसाधारणले टेलिफोनको उपभोग राम्रोसँग गर्न पाएका छैनन् ।











प्रतिक्रिया