६ कार्तिक २०८३, शुक्रबार

आजदेखि मौसममा सामान्य सुधार हुने, यस्तो छ दिनभरको मौसमी अवस्था ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । केही दिनयता बदली रहँदै आएको मौसममा आजदेखि सामान्य सुधार आउने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सामान्य सुधार आउने बताएको हो । महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागका केही स्थान तथा प्रदेश १ को तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ ।

आज बिहान मौसमसम्बन्धी बुलेटिन प्रकाशित गर्दै महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

यस्तै अपराह्नतिर देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यस्तै आज राति पनि देशका अधिकांश पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।