६ कार्तिक २०८३, शुक्रबार

नेकपा एमालेलाई एकतावद्ध बनाउन जिल्ला नेताहरुले दिए यस्तो दबाब

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २४ वैशाख । लामो समयदेखि आन्तरिक विवादमा रुमलिँदै आएको नेकपा एमालेलाई एकताबद्ध बनाउन लुम्बिनी प्रदेशअन्तर्गतका जिल्ला नेताहरुले दबाब सृजना गरेका छन् ।

उनीहरुले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै पार्टीपभत्र हुँदै आएको लामो समयदेखिको अन्तरविरोधले पार्टीलाई निरन्तर क्षति पुर्याइरहेको भन्दै एमालेलाई एकढिक्का बनाउन शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशका १३ वटा जिल्लाका अध्यक्षहरुले निकालेको वक्तव्यमा अहिले पार्टीलाई एकतावद्ध बनाएर लैजान नसके इतिहासले कहिले पनि मौका नदिने उल्लेख छ । ‘कम्यूनिष्ट पार्टीको इतिहास आदर्श, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहीतालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं,’ वक्तव्यमार्फत उनीहरुले भनेका छन्, ‘यदि अहिले हामी एकजुट हुन सकेनौ भने इतिहासले हामीलाई कहिले पनि क्षमा दिने छैन ।’

वक्तव्य जारी गरी पार्टी एकताबद्ध पार्न दबाब सृजना गर्नेहरुमा रुपन्देहीका शिवराज सुवेदी, कपिलवस्तुका झविलाल पोख्रेल, अर्घाखाँची चेतनारायण आचार्य, दाङका हुकुम बहादुर बस्नेत, बाँकेका सूर्य ढकाल, रुकुमका टोपबहादुर ओली, बर्दीयाका लालबहादुर श्रेष्ठ, रोल्पाका बालाराम बुढा, प्यूठानका तुलसीराम शर्मा, गुल्मीका मधुकृष्ण पन्त, पाल्पाका नारायण आचार्य र परासीका दीपेन्द्र अधिकारी छन् ।

हेर्नुहोस् विज्ञप्ति–

आजै दिउँसो गण्डकी प्रदेशका का ११ वटा जिल्लाका अध्यक्षहरुले पनि वक्तव्य जारी गरेर एकतावद्ध एमालेको पक्षमा लाग्न नेताहरुलाई अनुरोध गरेका थिए ।