
सोलुखुम्बु, २४ वैशाख । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ र ३ मा बिहीबार आएको बाढीले २ करोड ९० लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।
सोही गाउँपालिका जोड्ने दुधकोशी खोलाको पक्की निर्माणधीन पुलमा प्रयोग हुने ४ थान पानी तान्ने मेशिन, २ थान मिक्चर मेशिन, २ थान जेनेरेटर, ४५० बोरा सिमेन्ट, फर्मा, पाईप लगायतका अन्य सामानहरु बगाउँदा करिब २ करोड ९० लाख ४४ हजार ५०० रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया