६ कार्तिक २०८३, शुक्रबार

संघीय संसदका १४ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । संघीय संसदका १४ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा १४ जना सांसदसहित ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । रिपोर्ट प्राप्त भएका ६१३ जनामध्ये ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

१४ जना सांसदबाहेक संक्रमित हुनेमा संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीलगायत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भए पनि आगामी २७ गते बस्ने संसदको विशेष अधिवेशनलाई लक्षित गरी सांसदलगायत सरोकारवालाहरुको नमूना परीक्षण गरिएको थियो ।

नमूना संकलन गरिएकामध्ये केही रिपोर्ट आउन अझै बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत केहीको नमूना भने आज मात्रै संकलन गरिएको छ ।