मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सुनको मूल्य एकैदिन तोलामा ११०० र चाँदी ३५ रुपैयाँले बढ्यो

दैनिक नेपाल २०७८ वैशाख २४ गते १३:०९

काठमाडौं, २४ वैशाख । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको छ ।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार ३५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित