६ कार्तिक २०८३, शुक्रबार

उदयपुरमा आजदेखि निषेधाज्ञा शुरू, प्युठानमा थप एक हप्ता लकडाउन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । उदयपुरमा आजदेखि निषेधाज्ञा शुरू भएको छ भने प्युठानमा जारी लकडाउनको समयावधि ए हप्ता थप गरिएको छ ।

दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाका बेला एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक अन्य सबै सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले जानकारी दिएका छन् ।

यस्तै पत्रकार तथा सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडिया हाउसको परिचयपत्र लिएर समाचार सङ्कलनमा निस्कन सक्नेछन् भने विवाह १५ जनासम्म जन्ती भेला हुन पाइने छ ।

यसैबीच कोरोना नियन्त्रणका लागि प्युठानमा थप एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख १८ देखि २४ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय बैठकले गरेको थियो । अब वैशाख मसान्तसम्म लकडाउनको समय थप भएको छ ।