
काठमाडौं, २४ वैशाख । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो पटक बाँकेमा १० जनाको मृत्यु भएको छ ।
बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत १० जना संक्रमितको मृत्यु भएको हो । गएरातिदेखि आज बिहानसम्म १० जनाको मृत्यु भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जनाकारी दिए ।
मृत्यु हुनेमा ८ जना बाँकेका तथा बर्दियाका एक पुरुष र कैलालीकी एक महिला छन् । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६९ पुगेको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आएका १३० जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया