६ कार्तिक २०८३, शुक्रबार

कोरोना खोप रेमडेसिभिर कालोबजारी गर्ने गोरखाका मिया पक्राउ, ढकालको खोजी हुँदै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । कोरोना भाइरसविरुद्धको खोप रेमडेसिभिर कालोबजारी गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका–४ का २५ वर्षीय रफिक मियालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमितलाई आवश्यक पर्ने रेमडेसिभिर खोप कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं टोखा बस्ने उनलाई बसुन्धाराबाट रेमडेसिभिर खोसहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले करिब ३० हजार रुपैयाँ मूल्य पर्ने ६ थान रेमडेसिभिर खोप बरामद गरेको छ । उनले त्यो खोप १ लाख २० हजार रुपैयाँमा किनबेच गर्ने भनी बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

मियाले काठमाडौं महाराजगञ्जस्थित नीलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधि ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ । उक्त फर्मा सिल गरी हाल फरार रहेका दिपकको खोजी भइरहेको महाशाखाले जनाएको छ ।