९ कार्तिक २०८३, सोमबार

बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २३ वैशाख । बाँके जिल्लामा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

दाङ शान्तिनगर–६की ७५ वर्षीया महिलाको बिहीबार विहान ०९ः१५ बजे नेपालगञ्‍ज मेडिकल कलेज, कोहलपुरमा मृत्‍यु भएको छ । वैशाख १६ गते कोरोना संक्रमण देखिएको उनलाई वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्‍यु भएको नेपालगञ्‍ज मेडिकल कलेज, कोहलपुरले जनाएको छ ।

कोहलपुर– १ बाँकेका ७३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्‍यु भएको छ । काठमाडौबाट घर लैजाँदै गर्दा बिहीबार विहान ५ बजे बाटोमै मृत्‍यु भएको बाँकेका कोरोना फोकल तेज ओलीले जानकारी दिए । उनको बिहीबार बिहान काठमाडौँको डिकोड ल्याबमा पीसीआर परीक्षण गरिएको थियो ।