२ कार्तिक २०८३, सोमबार

चेल्सीसँग रियल मड्रिड पराजित, च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २३ वैशाख । रियल मड्रिडलाई २–० गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा चेल्सीलाई जिताउन टिमो वार्नर र मिसन माउण्टले एक–एक गोल गरे । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

सिटी मंगलवार राति पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

उसले सन् २००८ मा म्यानचेस्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा उपाधि गुमाएको थियो । सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो ।