दोहा, २२ वैशाख । कतार एयरवेज कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ राहत उद्देश्यले विश्वभरिका विभिन्न देशहरूबाट करिब ३०० टन स्वास्थ्य सामग्री बोकी भारतको लागि प्रस्थान गरेका छन् ।
ती तीन वटा उडानहरू कतार एयरवेज कार्गो विकेर पहलको एक भागको रूपमा एकपछि अर्को बेंगलुरु, मुम्बई र नयाँ दिल्लीको लागि प्रस्थान गरेका हुन् ।
‘कोभिड–१९ संक्रमणको यो दोश्रो लहरले भारतका व्यक्तिहरूमा परेको प्रभावले सबैलाई स्तब्ध बनाएको छ’, कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले भने ।
‘यही परिस्थितिमा भारतका साहसी स्वास्थ्य सेवाकर्मीहरूलाई सहयोग पुर्याउने विश्वव्यापी प्रयासमा सहभागी हुनुपर्दछ भन्ने सोचले हामी पनि अघि बढेका छौँ’, बेकरले भनेका छन् ।















प्रतिक्रिया