५ मंसिर २०८३, शनिबार

प्रचण्ड, नेपाल र यादवबीच गोप्य वार्ता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

ललितपुरको हात्तीवनस्थित एक निजी घरमा बुधबार प्रचण्ड र नेता नेपालले यादवसँग कुराकानी गरेको स्रोतले जनाएको छ । भेटमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन । वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन लागेको विषयमा परामर्श भएको हुन सक्ने बताइएको छ ।

उनीहरूले बुधबारनै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन् ।

कांग्रेसको पदाधिकारी बैठकले ओलीलाई बहुमत पुग्न नदिन भूमिका खेल्ने र दलहरूसँग पहल गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रले बुधबार नै प्रधानमन्त्री ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ ।

उक्त पत्र बुझाएपछि माओवादी नेतृत्व ओलीले वैशाख २७ गते लिन लागेको विश्वासको मत पुग्न नदिन अन्य दलसँग छलफलमा जुटेको छ ।

जसपाभित्र अहिले महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारको पक्षमा छन् भने यादव र बाबुराम भट्टराई पक्षधर ओलीलाई जसरी पनि सरकारबाट हटाउनु पर्ने लाइनमा छन् ।