काठमाडौं, २१ चैत । फोर्ब्स पत्रिकाको अर्बपतिको सूचीमा यो वर्ष रेकर्ड नै कायम भएको छ । रेकर्ड यो मानेमा कि अर्बपतिको सूचीमा २९० जना नवधनाढ्य थपिएका छन् । अझ रोमाञ्चक कुरो त के छ भने सबैभन्दा कान्छो अर्बपतिमा ‘स्नाफच्याट’का २४ वर्षीय इभान स्पिगेल परेका छन् । जेठो अर्बपतिचाहिँ इटालीको एउटा चकलेट उत्पादन कम्पनी ‘नुटेला समूह–फिर्रेरो समूह’ की ९७ वर्षीया मारिया फ्रान्सका फिसोलो बनेकी छन् ।
२३ दशमलव ४ अर्ब अमेरिकी डलरसहित मारिया फिंसोलो फोब्र्सको सूचीमा ३२ औं स्थानमा छिन् । उनको यो पहिलो इन्ट्री हो, फोर्ब्सको अर्बपतिको सूचीमा । इटालीका चर्चित उद्योगपति माइकेल फिर्रेरेकी विधवा मारियाको धनको स्रोत चकलेट उत्पादनपछि बिक्री वितरण नै प्रमुख हो । उनको परिवारको सदस्यहरुले स्थापना गरिदिएको स्थापना गरिदिएको कम्पनीबाट उत्पादित चकलेट बिक्रीबाट आर्जित सम्पत्तिले मारिया अर्बपतिको सूचीमा परेकी हुन् । उनको कम्पनीले उत्पादन गरेको चकलेटले विश्वको बजारमा राम्रो स्थान पाएको छ । ‘नुटेला’ मारियाको चकलेटको ब्रान्ड नाम हो,जुन विश्वभरि लोकप्रिय पनि छ ।
मारियाको परिवारले उक्त कम्पनी रातारात खडा गरेको भने होइनन् । पहिले सानो बेकरी एन्ड क्याफेबाट उनको परिवारका सदस्यले व्यवसाय थालेका थिए । त्यही बेकरी पछि चकलेट कम्पनीमा रुपान्तरण भएको हो । अहिले त्यो संसारकै अग्रणी कम्पनीमध्ये एक भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
















प्रतिक्रिया