५ मंसिर २०८३, शनिबार

कोरोनाबाट धनगढीमा २२ वर्षीय विद्यार्थीको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २१ वैशाख । कैलालीको धनगढीमा कोरोनाभाइरसको संक्रमणबाट एकजना विद्यार्थीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका– १३ का २२ वर्षीय विद्यार्थीको मृत्यु भएको हो । सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

एन्टिजेनबाट चेक गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। निमोनिया देखिएका उनको सोमबार राति साढे ११ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् ।