डोटी, २१ वैशाख । डोटी जिल्लामा मंगलबार मध्य राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
अब १० दिनसम्म डोटीमा निषेधाज्ञा हुनेछ । वैशाख ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।
डोटीमा एक सय ७३ जनामा कोरोना देखिएको छ । कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । प्रायः भारतबाट फर्केकाहरूमा कोरोना संक्रमण देखिएको छ ।
बाग्लुङ जिल्लामा पनि मंलबारदेखि निषेधाज्ञा लागू भएको छ । १० दिनका लागि निषेधाज्ञा लगाइएको छ । वैशाख महिनाभर बाग्लुङमा निषेधाज्ञा हुनेछ ।











प्रतिक्रिया