६ कार्तिक २०८३, शुक्रबार

अस्पतालले शय्या लुकाएको भेटिए कारवाही : प्रधानमन्त्री ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी अस्पतालहरुले शय्या लुकाएको भेटिए तत्काल कारवाही गरिने बताएका छन् ।

देशवासीको नाममा सम्बोधन गर्दै ओलीले कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताउँदै अस्पतालहरुले बेड लुकाएको भेटिए कानूनअनुसार कारवाही गरिने बताएका हुन् ।

सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न तथा कोरोना संक्रमणलाई हेलचेक्र्याइ नगर्न पनि सर्वसाधारणमा आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले उद्योगमा अक्सिजन आपूर्तिमा सरकारले रोक लगाएको बताएका छन् । सम्बोधनका क्रममा उनले ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने समेत बताएका छन् ।

उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको पनि जानकारी दिए ।