६ कार्तिक २०८३, शुक्रबार

राजधानीबाहिर रहेका जसपाका सांसदलाई तत्काल काठमाडौं आउन पार्टीको उर्दी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । राजधानीबाहिर रहेका जनता समाजवादी पार्टी (जसपा)का सांसदलाई तत्काल काठमाडौं आउन पार्टीले उर्दी जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपाले सांसदलाई काठमाडौंमा आउन उर्दी गरेको हो । राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर बस्न भनिएको छ ।