
सुर्खेत, २० वैशाख । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ को कोशेडी खोला र वडा नम्बर ५ र ९ को सीमानामा पर्ने चौरखोलाको तियाकुना खोलामा नियमबिपरीत नदीजन्य पदार्थ उत्खनन् भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
नेत्र एन्ड नन्दा कन्स्ट्रक्शनका नेत्रबहादुर शाही र सुलभ कन्स्ट्रक्शनका बलबहादुर बिष्टलगायत मेयर उपेन्द्र थापा र पूर्वराज्यमन्त्री तप्तबहादुर बिष्टविरुद्ध उजुरी दर्ता भएको हो ।
पूर्वराज्यमन्त्रीलाई स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई दबाब दिएर आफू निकटलाई ठेक्का दिलाएको र ठेकेदारहरुले मनपरी गर्दा संरक्षण दिएको आरोप लगाइएको छ ।
मेयर र कर्मचारीहरु ठेकेदारले मनपरी गर्दा मुकदर्शक भएर बसेकाले मिलेमतोको आशंकासहित छानबिन गर्न माग गरिएको छ । पञ्चपुरी नगरपालिकाभित्र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी धमाधम ठेक्कामार्फत नदीजन्य पदार्थ उत्खनन् हुँदै आएको छ ।















प्रतिक्रिया