६ कार्तिक २०८३, शुक्रबार

सवारी दुर्घटनामा परी धनुषा र रुपन्देहीमा २ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २० वैशाख । सवारी दुर्घटनामा परी धनुषा र रुपन्देहीमा २ जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार धनुषाको मिथिला नगरपालिका–८ जमुनिवासस्थित सडकमा प्रदेश १–०२–००१ त ८०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने शंकर पुर्वेको छोरा ३ वर्षीय गौतम पुर्वेको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ ढवाहास्थित सडकमा ना. ३ ख ७४०९ नम्बरको ट्रकले लु. ४७ प ७१३६ नम्बरको मोटरसाइकललाई आइतबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु वाणगंगा नगरपालिका–९ बस्ने २५ वर्षीय सुभास आचार्यको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी सुनवल नगरपालिका–५ बस्ने २३ वर्षीय संजोक शर्माको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।