६ कार्तिक २०८३, शुक्रबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, २० वैशाख । ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा रूपन्देहीको बुटवलमा एक युवकको मृत्यु भएको छ ।

कपिलवस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्मबरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकलाई बुटवल उपमहानगरपालिका–१२ ढवाहमा ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलबस्तुको वाणगंगा नगरपालिका–९ का २५ वर्षीय सुवास आचार्यको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आइतबार राति भएको दुर्घटनामा परी घाइते भएको आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।