
काठमाडौं, २० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।
सभापति शेरबहादुर देउवाले आज सोमबार दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न उक्त बैठक बोलाइएको बताइएको छ ।
बैठकमा १४औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने छ ।















प्रतिक्रिया