६ कार्तिक २०८३, शुक्रबार

युवायुवतीलाई लाइट देखाउँदा गुल्मीका मोतीबहादुरको हत्या, तीन जना पक्राउ

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १९ वैशाख । ईश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटेलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ईश्मा गाउँपालिका–१ बस्ने २० वर्षीय शुसिल कुमार र सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरहरु छन् । उनीहरुले २०७७ भदौ २२ गते बिहान मोती बहादुरलाई उनकै होटेलभित्र हत्या गरेको बताइएको छ ।

होटेलभित्र रगताम्य भई बेहोस अवस्थामा भेटिएका मोतीबहादुरलाई उनकै दाइ यमबहादुर कुँवरले तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घासमा लगेकोमा उपचारको क्रममा मोतिबहादुरको मृत्यु भएको थियो । उक्त घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

२०७७ भदौ ३ गते राति तिजको मेला हेर्न राहाले जाने क्रममा मोतीबहादुरले बाटोमा बसेका युवायुवतीलाई लाईट देखाएको विषयमा उनीहरुबीच २०७७ भदौ २१ गते राति मोतीबहादुरकै होटेलमा रक्सी पिउने क्रममा झगडा हुँदा उक्त घटना भएको खुल्न आएको छ ।

उनीहरु उपर जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।