६ कार्तिक २०८३, शुक्रबार

युनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त, बनिन् पहिलो महिला प्रमुख कार्यकारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को प्रमुख कार्यकारी अधिकृत पदमा उपासना पौडेललाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो । उनको यो नियुक्ति बीमा क्षेत्रको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत दर्ज भएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार हालसम्म कुनै पनि इन्स्योरेन्स कम्पनीले महिला सीईओ पाएको छैन । अर्कोतर्फ पौडेल हालसम्मकै कम उमेरकी सीईओ समेत बेनेकी छिन् ।

उनले ३४ वर्षकै उमेरमा सीईओ पद प्राप्त गरेकी छिन् । विगत एक दशकभन्दा बढी कार्यानुभव भएककी तथा छिमेकी मुलुक भारतस्थित दिल्ली विश्वविद्यालयको फ्याकेल्टी अफ म्यानेजमेन्ट स्टडीज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पूरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा काम गरेकी थिइन् ।

यसअघि उनी युनाइटेड इन्स्योरेन्स कम्पनीमा नै निमित्त प्रमुख कार्यकारी अधिकृत थिइन् । उनको कार्यसम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको बताइएको छ ।

कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरालाई जोड दिँदै आएकी उनी कर्मचारीको टीम वर्कलाई विशेष महत्व दिन्छिन् । उनकोे आगमनसँगै कम्पनी थप उचाइमा पुग्ने विश्वास कम्पनीले लिएको छ ।