६ कार्तिक २०८३, शुक्रबार

सोमबार रातिदेखि आन्तरिक र २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।

आज आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते (भोलि) मध्यरातदेखि आन्तरिक उडान र आगामी २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय गरेको छ ।