६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा संघीय संसदको विशेष अधिवेशन आह्वान

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि यही वैशाख २७ गते सोमबार अपराह्न १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

२७५ जना सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमाले एक्लैको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १÷१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।

प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीलाई १३८ जना सांसदको समर्थन आवश्यक पर्छ ।